Home अर्थ बजार नेप्सेमा उच्च कारोबार, लगानीकर्ताको ओइरो

नेप्सेमा उच्च कारोबार, लगानीकर्ताको ओइरो

168
0

काठमाडौँ माघ ३ ! आइतबार ६९ अंक बढेर २९२६.७४ विन्दुमा बन्द भएको नेप्से, सोमबार दिन  सेसनमा २०.६९ अंक बढेर २९४७.४४ विन्दुमा पुगेको छ। यो सेसनमा सेन्सेटिभ इण्डेक्स ५४६.३३ अर्थात् आइतवार को तुलनामा ३.७ अंकले बढेको छ।यस्तै फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले बढेको छ।

आजको दिन बजार २०.६९ अंक बढ्दा झन्डै ८ अर्बको शेयर खरिदबिक्री भएको छ। यस दिन जम्मा २२४ कम्पनीको ९६ हजार ४०८ पटकको कारोबारमा ७ अरब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here