Home समाचार शनिवारको दिन बन्यो पत्रकारको राष्ट्रीय परिचयपत्र

शनिवारको दिन बन्यो पत्रकारको राष्ट्रीय परिचयपत्र

122
0

ललितपुर साउन २१ !पत्रकार महासंघ ललितपुरको पहलमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य सम्पन्न भएको छ । अन्य समयमा भीडभाड हुने भएकाले शनिवारको दिन पारेर पत्रकारहरुको राष्ट्रीय परिचयपत्र वितरण गर्न सहजीकरण गरीएको नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिनुभयो।

परिचय पत्र नेपाल पत्रकार महासंघ ललितपुर शाखा र जिल्ला प्रशासन कार्यालय ललितपुरको समन्वयमा गरीएको हो।

अन्य दिनमा पत्रकारहरु व्यस्त रहने र घण्टौं लाइन बस्न फुर्सद नहुने हुँदा, जिल्लामा पनि भीडभाड हुने भएकाले शनिवारको दिन राख्नु परेको अध्यक्ष न्यौपानेले उल्लेख गर्नुभयो। अध्यक्ष न्यौपाने द्वारा मोबाइलमा प्राप्त सन्देश (message) र प्रिन्ट पेपर सुरक्षित राख्नहुन अनुरोध गर्दै। केही समयपछि परिचयपत्र (ID Card)  उपलब्ध गराउने जानकारी गराउनुभयो। मेसज र प्रिन्ट पेपर देखाउन पर्ने आवश्यकता औँल्याउँदै सुरक्षित राख्न आग्रह गर्नुभएको हो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here