Home मुख्य नेता गिरिको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति : प्रचण्ड

नेता गिरिको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति : प्रचण्ड

228
0

 

 

काठमाडौं भदौ ५ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। केही दिन अघि मात्र ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेर लामो समयदेखि उपचार गराईरहेका गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।

 

वक्तव्यमा भनिएको छ “नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।”

 

नेता गिरिलाई निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो । गिरीको स्वास्थ्य अबस्था बारे केही दिन अघि नेपाली कांग्रेसले गम्भिर रहेको जानकारी गराएको थियो।

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here