Home अर्थ बजार स्मार्ट क्युआरको एक्सप्रेस सुपरमार्केटसँग १० % छुट अफर

स्मार्ट क्युआरको एक्सप्रेस सुपरमार्केटसँग १० % छुट अफर

262
0

काठमाडौं पुस ७ ! स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौंका सुपरमार्केट मध्य एक्सप्रेस सुपरमार्केट सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।

यस छुट अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३०० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त अफर सार्वजनिक गरेकाे कम्पनीले बताएकाे छ।

यो योजना पुस ६ गते देखि २० गतेसम्म रहनेछ भने छुट अवधिभर हरेक ग्राहकले ९०० रुपैयाँसम्म छुट लिन सक्ने कम्पनीको सञ्चालन प्रबन्धक भरत न्याैपानेले बताएका छन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here