Home अर्थ बजार राजा बिरेन्द्रको हत्या भएको आज बिसौ बर्ष अझै फेला परेन हत्यारा

राजा बिरेन्द्रको हत्या भएको आज बिसौ बर्ष अझै फेला परेन हत्यारा

258
0

काठमाण्डौ । तत्कालीन राजा बिरेन्द्रको बंश नास भएको आज 20 बर्ष पुरा भएको छ । २०५८ जेठ १९ गते बलियो सुरक्षा घेरा भित्र पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

तत्कालीन राजा बिरेन्द्र देशको प्रमुख कार्यकारी रहदा हत्या हुनु विश्व मै नभएको घटना घटेको थियो । उक्त घटनाको छानवीन गर्न बिभिन्न आयोग बने तर कसैले पनि अहिलेसम्म सही र तथ्य परक घटनाको छानवीन हुन सकेन । नेपालमा उच्च स्तरिया रहस्यमय घटना घटी नै रहन्छन तर राजनीतिक दल लगायत कुनै पनि सरकारले त्यसको छानवीन गर्न तत्परता देखाउदैनन् ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here