Home मुख्य बजेट अगाडी दलहरु मिलाउने कोशिस गर्दै प्रधानमन्त्री

बजेट अगाडी दलहरु मिलाउने कोशिस गर्दै प्रधानमन्त्री

134
0

काठमाडौं जेठ १५ । बजेट अगाडी सहकारी ठगी प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय समितिकाे टिओआर टुंग्याउने  कसरतमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लागेका छन्। तर आज पनि सहमति जुट्न भने सकेन बरु नेपाली कांग्रेस र एमाले का नेता एक आपसमा आरोप परत्यारोपमै उत्रिएर धम्की दिँदै निस्किए।

संसदीय छानबिन समितिको टीओआर टुंगो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाएको जनाएका छन् l शनिबार बालुवाटारमा बस्ने शीर्ष नेताको बैठकले अन्तिम रुप दिने उनले जानकारी दिएका थिए ।

कार्यदलको बैठकमा आज माओवादी केन्द्रबाट प्रमुख सचेतक हितराज पाण्डे समेत सहभागी भएका छन l उनि सहित कानुनमन्त्री पदम गिरी, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेता ज्ञानेन्द्र कार्की, एमालेका तर्फबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here