Home खेलकुद नेपालको सिंगापुरविरुद्ध ऐतिहासिक जित 

नेपालको सिंगापुरविरुद्ध ऐतिहासिक जित 

137
0

काठमाडौं । नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा १–० को ऐतिहासिक जित दर्ता गरेको छ।

शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको खेलमा नेपालको लागि खेलको १२औँ मिनेटमा जिलस्पीजंग कार्कीले निर्णायक गोल गर्दै नेपाललाई अग्रता दिलाए। यो गोल नेपालको सिंगापुरविरुद्धको पहिलो अन्तर्राष्ट्रिय जीत बन्न पुगेको हो।

साथै, यो म्याट रोसको प्रशिक्षणमा रहेको नेपाली टिमको पहिलो अन्तर्राष्ट्रिय खेल पनि हो।

नेपालले अब आगामी एसियन कप क्वालीफायरमा मलेसियाविरुद्ध मार्च २५, २०२५ मा मलेसियाको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here