Home मुख्य सिंहदरबारमा संविधान र गणतन्त्र पक्षधर–विपक्षी दलहरूको बैठक जारी, रास्वपाको पनि सहभागिता

सिंहदरबारमा संविधान र गणतन्त्र पक्षधर–विपक्षी दलहरूको बैठक जारी, रास्वपाको पनि सहभागिता

127
0

काठमाडौं ! संविधान र गणतन्त्रको रक्षा तथा स्थायित्वका विषयमा छलफल गर्न प्रमुख विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा जारी छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सहभागी भएको छ।

उक्त बैठकमा संविधान र गणतन्त्रको रक्षा, वर्तमान राजनीतिक परिस्थिति र आगामी रणनीति सम्बन्धी विषयमा छलफल भइरहेको छ। बैठकमा विभिन्न विपक्षी दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

यसअघि संविधान र गणतन्त्रको पक्षमा एकजुट हुने सहमति जनाउँदै विपक्षी दलहरूले संयुक्त रणनीति निर्माणमा जोड दिँदै आएका छन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here