Home अर्थ बजार नबिल बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज ज्ञवाली कायममुकायम सीईओमा नियुक्त

नबिल बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज ज्ञवाली कायममुकायम सीईओमा नियुक्त

141
0

काठमाडौं ! नबिल बैंकले वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीलाई कायममुकायम सीईओको रूपमा नियुक्त गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई यो जिम्मेवारी सुम्पेको हो।

ज्ञवालीले दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका छन्। उनले नेपाल राष्ट्र बैंकमा करिब पाँच वर्ष विभिन्न विभागहरूमा अधिकारी तहमा काम गरेका थिए। त्यसपछि ग्लोबल आइएमई बैंकमा लामो समय सेवा गर्दै ज्योति विकास बैंकको सीईओ पदमा कार्यरत रहे। २०७७ सालमा ज्योति विकास बैंकबाट राजीनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकका रूपमा प्रवेश गरेका ज्ञवाली त्यसपछि महाप्रबन्धक, डेपुटी सीईओ हुँदै हालै वरिष्ठ डेपुटी सीईओमा बढुवा भएका थिए।

ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् र उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना तथा वित्तीय विश्लेषणमा विशेष दक्षता हासिल गरेका छन्।

नयाँ जिम्मेवारीसँगै ज्ञवालीले नबिल बैंकलाई अझ उचाइमा पुर्‍याउने विश्वास बैंकले लिएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here