Home मुख्य बिम्स्टेक शिखर सम्मेलनमा आज ओली-मोदी भेटवार्ता

बिम्स्टेक शिखर सम्मेलनमा आज ओली-मोदी भेटवार्ता

235
0

काठमाडौं! प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागिता जनाइरहेका छन्। सम्मेलनपछि दिउँसो ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तय भएको छ। यी कार्यक्रमहरू थाइल्याण्डको बैंककस्थित होटल साङ्ग्रिलामा सम्पन्न हुनेछन्।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गर्दै प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा सहभागी भएका हुन्। उनको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत उच्च अधिकारीहरू रहेका छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here