Home मुख्य रवि लामिछानेलाई थुनामा पठाउने उच्चअदालत तुल्सीपुरको आदेश 

रवि लामिछानेलाई थुनामा पठाउने उच्चअदालत तुल्सीपुरको आदेश 

196
0

दाङ ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारी घोटालामा संलग्न रहेको आरोपमा लामिछानेविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर भएको थियो। अनुसन्धानका क्रममा सहकारीका उच्च अधिकारीहरूले लामिछानेको संलग्नता रहेको स्वीकार गरेको बताइएको छ। पीडितहरूले लामिछानेको नाममा धेरै प्रमाण पेस गरेको उल्लेख छ। यसअघि जिल्ला अदालतले उनलाई १ करोड धरौटीमा छोडेको थियो, तर उच्च अदालतले उक्त आदेश बदर गरेको हो।

कानूनी विश्लेषकहरूका अनुसार, यो मुद्दाले नेपालको सहकारी प्रणालीमा रहेका कमजोरी उजागर गरेको छ। लामिछाने निकट व्यक्तिहरू यो आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने तयारीमा छन्।

यस घटनाको थप अनुसन्धान जारी रहेको छ, जसमा नयाँ आर्थिक अनियमितता समेत बाहिर आउने आशंका गरिएको छ।

उच्च अदालत तुल्सीपुरले रविलाई थुनामा पठाउने निर्णय गरे सँगै रास्वपाको शिर्ष नेताहरुको बैठक बस्न लागेको छ भने राजनीतिमा पुनः तरंग पैदा भएको छ ।

 

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here