काठमाडौं बैशाख ७ ! राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा आयोजना गरेको प्रदर्शनलाई लक्षित गरी राजधानीका संवेदनशील सरकारी क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र अन्य सुरक्षा निकायहरूको संयुक्त टोलीले सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास, राष्ट्रपतिको कार्यालय लगायतका निषेधित क्षेत्रहरूमा अतिरिक्त तैनाथी गरेका छन्।
सरकारले प्रदर्शनकारीहरूबाट कुनै अप्रत्याशित घटना नघटोस् भन्ने उद्देश्यले सुरक्षा बढाएको जनाएको हो। प्रमुख सरकारी भवनहरू, नयाँबानेश्वर क्षेत्र, र माइतीघर मण्डलाको चारैतिर प्रहरीको घेराबन्दी रहेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एआईजी टेक तामाङले भने, “प्रदर्शनकारीहरूले शान्तिपूर्ण ढंगले आफ्ना माग राख्नुपर्छ। कानून उल्लंघन गर्ने कुनै पनि प्रयासमा कडा कारबाही हुनेछ।”
सुरक्षा निकायहरूले ड्रोन,सीसीटीवी क्यामेरा र रिजर्भ बल तैनाथ गरेका छन्।राप्रपाले संविधान संशोधन गरी हिन्दु राज्य सहित संघियताको खारेजी र राजसंस्था पुनस्थापना र अन्य राजनीतिक मागहरू लिएर यो प्रदर्शन गर्ने घोषणा गरेको जनाएको छ।










