Home अर्थ बजार नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड वृद्धि, चाँदीको दर पनि बढ्यो

नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड वृद्धि, चाँदीको दर पनि बढ्यो

242
0

काठमाडौं बैशाख ९! नेपाली बजारमा आज सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको छ। नेपाल सुन चाँदी महासंघले आजको दर सार्वजनिक गर्दै छापावाल सुनको मूल्य प्रति तोला रु १,९७,९०० निर्धारण गरेको जानकारी दिएको छ। सोमबारको तुलनामा यो मूल्य रु ६,९०० ले वृद्धि भएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको सन्दर्भमा नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रति तोला रु १,९७० पुगेको छ, जुन अघिल्लो दिनको मूल्य रु १,९६० भन्दा रु १० ले बढी हो। बजार विश्लेषकहरूका अनुसार, अमेरिकी डलरको दर, तेलको मूल्य, र अन्तर्राष्ट्रिय राजनीतिक उतारचढावजस्ता कारणहरूले सुन र चाँदीको मूल्यमा प्रभाव पारिरहेको छ।

महासंघले मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजार, आयात लागत, बीमा शुल्क र नेपाल भित्रको माग आपूर्तिको अवस्था समेत हेर्ने गरेको छ। आउँदा दिनमा पनि मूल्य अझै बढ्न सक्ने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ।

बढ्दो मूल्यका कारण सामान्य उपभोक्ता र सुनचाँदी व्यवसायीहरू दुबै चिन्तित देखिन्छन्। धेरैजसो व्यवसायीहरूले नयाँ कारोबार रोक्दै मूल्य स्थिर हुने प्रतीक्षा गरिरहेका छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here