Home मुख्य सरकारले शिक्षकहरूको आन्दोलन अपमानजनक ढंगले लिएको छ : प्रचण्ड

सरकारले शिक्षकहरूको आन्दोलन अपमानजनक ढंगले लिएको छ : प्रचण्ड

283
0

काठमाडौं बैशाख ९ ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति कडा आलोचना गरेका छन्। आन्दोलनरत शिक्षकहरूको मागप्रति सरकारले लिएको रवैयालाई उनले “अपमानजनक” भन्दै असन्तोष व्यक्त गरेका हुन्।

शिक्षकहरूको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्नेमा सरकार हल्का शैलीमा प्रस्तुत भएको भन्दै प्रचण्डले भने,“सरकारले शिक्षकहरूको आन्दोलनलाई अपमान गरेको छ। प्रधानमन्त्री स्वयंले सरकार प्रमुखको हैसियत बिर्सिएको देखिन्छ।”

उनका अनुसार, शिक्षकहरूको आन्दोलन कुनै व्यक्तिगत वा साङ्घिक स्वार्थका लागि नभई शिक्षा प्रणालीको सुधार र समायोजन प्रक्रियामा न्याय सुनिश्चित गर्न हो। शिक्षकहरूले उठाएका मागलाई सम्बोधन गर्नुको सट्टा उपेक्षा गर्ने सरकारको प्रवृत्तिले झनै असन्तोष चुलिएको प्रचण्डको भनाइ छ।

शिक्षकहरूले संघीय संरचनाअनुसारको समायोजन,शिक्षिक एन संसोधन, स्थायीत्व, पारदर्शी प्रशासनिक प्रक्रियाको माग गर्दै देशव्यापी आन्दोलन गरिरहेका छन्।

“शिक्षक शिक्षाको मेरुदण्ड हुन्। उनीहरूको आवाज सुन्ने र सम्बोधन गर्ने दायित्व सरकारको हो,” प्रचण्डले स्पष्ट रूपमा सरकारलाई खबरदारी गरे।

उनले तत्काल वार्तामा बस्न र समाधानतर्फ गम्भीर पहल गर्न सरकारलाई आग्रह गर्दै भने, “संवेदनशील क्षेत्र जस्तो शिक्षामा आन्दोलन हुनु आफैंमा दुर्भाग्यपूर्ण हो। समस्या समाधान नगरे शिक्षाको गुणस्तरमा दीर्घकालीन असर पर्न सक्छ।”

प्रचण्डले आफुहरु शिक्षक आन्दोलनप्रति सकारात्मक रहेको भन्दै आन्दोलनबाट पछि नहट्न समेत आग्रह गरेका थिए l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here