काठमाडौं बैशाख ९ ! हालै शिक्षामन्त्री बिद्या भट्टराई ले पदबाट दिएको राजीनामा र त्यसलाई लिएर सार्वजनिक चासो बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट प्रतिक्रिया दिएका छन्। मन्त्रीको स्वास्थ्य अवस्था र पछिल्लो परिस्थितिबाट प्रेरित भएर राजीनामा आएको उनले बताएका छन्।
प्रधानमन्त्री ओलीका अनुसार,“शिक्षामन्त्रीको केही समयअघि मात्र घाँटीको उपचार भएको थियो। स्वास्थ्यले साथ नदिँदा यति ठूलो मन्त्रालय सम्हाल्न गाह्रो भएको भन्दै उहाँले राजीनामा दिनुभएको हो,” उनले भने।
राजीनामा पन्छाएर बसेको, जिम्मेवारी नलिएको भन्ने आरोपहरूबारे पनि प्रधानमन्त्री ओलीले आपत्ति जनाए।“बसी खानु नदिएको प्रचार गरिएको छ। यस्तो भ्रामक प्रचारले सरकारको कामप्रति जनविश्वास कमजोर पार्छ,” उनले थपे।
शिक्षामन्त्रीको राजीनामा शिक्षकहरूको आन्दोलनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ वा छैन भन्नेबारे पनि ओलीले प्रष्ट्याउँदै भने,
“स्वास्थ्यजन्य कारण प्रमुख हो। आन्दोलन समाधानका लागि सरकारले जिम्मेवार व्यवहार गर्छ। राजीनामा समस्या समाधान होइन।”
प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनप्रति सरकार संवेदनशील रहेको जनाउँदै वार्ता र संवादबाट समाधान खोजिने बताए।
उनका अनुसार, शिक्षकहरूको समस्या बुझ्न सरकार लागिपरेको छ र सम्बन्धित पक्षसँग निरन्तर छलफल भइरहेको छ।










