बुटवल वैशाख ११ ! भारतको जम्मू–कश्मीरस्थित पहलगाम क्षेत्रमा आतंकवादी हमलामा परि ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरमा उनका परिवारजनलाई जिम्मा दिएको छ।
घटनापछि आवश्यक प्रक्रिया पूरा गरी नेपाली दूतावासको समन्वयमा शव नेपाल ल्याइएको हो। सुरक्षाको उच्च सतर्कता बीच नेपाली प्रशासन तथा स्थानीय निकायका प्रतिनिधिहरूको उपस्थितिमा शव सुदीपका परिवारलाई हस्तान्तरण गरिएको हो।
पहलगामस्थित एक पर्यटकीय क्षेत्रमा आतंकवादी समूहले गरेको आक्रमणमा परी उनको मृत्यु भएको थियो । न्यौपानेको निधनले बुटवल क्षेत्र शोकमा डुबेको छ।
सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई आवश्यक सहयोगको प्रतिवद्धता जनाएको छ।










