काठमाडौं वैशाख ११ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट बर्खास्त गरेका छन्। काँग्रेस सभापति शेर बहादुर देउवा थाईल्याण्ड भ्रमणमा रहेका बेला राज्यमन्त्री तामाङ्ग लाई कार्बाही हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तामाङ्गले तत्कालिन विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउन नहुने भन्दै सार्वजनिक कार्यक्रममै बोल्दै आएका थिए ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकमार्फत तामाङसँग राजीनामा मागेका थिए। तर तामाङले स्वेच्छाले राजीनामा नदिएपछि प्रधानमन्त्रीले उनलाई पदबाट हटाउने निर्णय गरेका हुन्।
तामाङको बर्खास्तीसँगै सत्ता भित्रको असहमति र आन्तरिक खिचातानी फेरि सतहमा आएको देखिन्छ। बर्खास्तीको कारणबारे आधिकारिक विवरण सार्वजनिक नभए पनि प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तामाङको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट थिए।
यस बर्खास्तीले सरकारको आन्तरिक समन्वयमा प्रश्न उठाएको छ भने आगामी दिनमा मन्त्रीपरिषदमा थप फेरबदलको संकेत पनि मिलेको छ।










