Home मुख्य माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारमा बस्दै

माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारमा बस्दै

310
0

काठमाडौं वैशाख ११ ! नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक हाल सिंहदरबारस्थित दलको केन्द्रीय संसदीय कार्यालयमा जारी रहेको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारमा दलको भूमिकासहित संसदमा प्रस्तुत विधेयकहरूमाथिको धारणा तय गर्ने विषयमा छलफल भइरहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सञ्चालन भइरहेको हो।

बैठकमा सांसदहरूलाई आगामी रणनीतिबारे जानकारी दिइनुका साथै पार्टीको एकता, संगठन सुदृढीकरण, र आगामी संसद अधिवेशनका एजेन्डामाथि गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ।

संसदीय दलको यो बैठकले पार्टीको नीति र धारणा स्पष्ट गर्दै आगामी राजनीतिक दिशा निर्धारणमा प्रभाव पार्ने अपेक्षा गरिएको एक केन्द्रिय पदाधिकारी जानकारी दिए।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here