ईसाई वैशाख १२ ! धर्मगुरु पोप फ्रान्सिसको आज भ्याटिकन सिटीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। गएको सोमवार ८८ वर्षको उमेरमा उहाँको निधन भएको हो।
शवलाई सान्टा मार्टा आवासस्थित चर्चबाट बुधवार सेन्ट पिटर्स बासिलिकामा सारिएको थियो, जहाँ श्रद्धालुहरूले अन्तिम श्रद्धाञ्जली दिन पाएका थिए। भ्याटिकनका अनुसार, तीन दिनको अवधिमा करिब २ लाख ५० हजारभन्दा बढी श्रद्धालुहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।
सन् २०१३ मा पोप बेनेडिक्टको उत्तराधिकारीका रूपमा चयन भएका पोप फ्रान्सिस ल्याटिन अमेरिकाबाट चयन हुने पहिलो पोप हुनुहुन्थ्यो। सामाजिक न्याय, गरिबी निवारण र अन्तरधार्मिक सहकार्यमा सक्रिय भूमिका खेल्दै उहाँ विश्वभर सम्मानित हुनुभएको थियो।
उहाँको अन्त्येष्टि समारोहमा अमेरिकी राष्ट्रपति लगायत विश्वका प्रमुख नेताहरूको उपस्थिति रहेको छ। भ्याटिकन स्रोतका अनुसार, पोप फ्रान्सिसको अन्त्येष्टिसँगै नयाँ पोप चयन प्रक्रिया पनि प्रारम्भ हुनेछ।










