Home ENGLISH दोस्रो पटक ८० लाख नगदसहित नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीलाई

दोस्रो पटक ८० लाख नगदसहित नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीलाई

312
0

काठमाडौं वैशाख १४ ! नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी विजयी बनेको छ। उपाधिसँगै टोलीले ८० लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ।

शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पन्छाउँदै उपाधि चुमेको हो।

खेलको ४२औं मिनेटमा इमोह इजाकियलले गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता दिलाए। तर, ६३औं मिनेटमा पोखराका स्टेफन समिरले बराबरी गोल फर्काए।

७४औं मिनेटमा पापा इबाउ केबेले निर्णायक गोल गरेपछि ललितपुरले अग्रता दोहोर्यायो र अन्तिमसम्म जोगाउन सफल रह्यो।

उपविजेता पोखरा थन्डर्सले भने ३० लाख रुपैयाँ पुरस्कारमा चित्त बुझाएको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here