Home रोचक प्रोशेष पाण्डे ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का विजेता घोषित

प्रोशेष पाण्डे ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का विजेता घोषित

276
0

काठमाडौं वैशाख २० ! गायक प्रोशेष पाण्डे ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता बनेका छन्। शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा उनले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसहित नगद २० लाख रुपैयाँ जितेका हुन्।

प्रोशेषले टिम खेम सेञ्चुरीबाट प्रतिनिधित्व गरेका थिए। फिनालेमा टिम मेलिना राईका रोशन राई फर्स्ट रनरअप बनेका छन्। त्यसैगरी, टिम राजु लामाका प्रमेश राई सेकेन्ड रनरअप र टिम उदय सोताङकी अर्पना आचार्य थर्ड रनरअप बनेकी छन्।

ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुतिहरूका बीच दर्शकहरूको भोटका आधारमा नतिजा सार्वजनिक गरिएको हो। विजेता बनेका प्रोशेषलाई देश–विदेशबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here