Home राजनीति नेपालले असंलग्नतामा आधारित सन्तुलित परराष्ट्र नीति अपनाओस :वाईसिएल अध्यक्ष शेर्पाली

नेपालले असंलग्नतामा आधारित सन्तुलित परराष्ट्र नीति अपनाओस :वाईसिएल अध्यक्ष शेर्पाली

323
0

काठमाडौं वैशाख  २६ । माओबादी  केन्द्रको भातृ संगठन युवा लिग (वाईसिएल) नेपालका अध्यक्ष सुबोध राज शेर्पालीले भारत र पाकिस्तान बीच चलेको द्वन्द्वमा नेपालले असंलग्न नीति अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले दुवै छिमेकी मुलुक बीच शान्ति, आपसी सद्भाव र मानवीयताको आधारमा समाधान निक्लियोस् भन्ने आशा व्यक्त गर्दै नेपालको परराष्ट्र नीति सन्तुलित र असंलग्नतामा आधारित हुनुपर्ने कुरा व्यक्त गरेका हुन्।

“भारत-पाकिस्तान हाम्रा दुवै छिमेकी मुलुक हुन्। नेपालले कुनै पनि राष्ट्रको पक्ष वा विपक्षमा नलागी, दुबै देश बीचको द्वन्द्व अन्त्य होस् भन्ने चाहना राख्नुपर्छ,” शेर्पाली भने, “आजको आवश्यकता असंलग्नतामा आधारित स्पष्ट र सन्तुलित परराष्ट्र नीति हो।”

उनले नेपालले आफ्नो स्वतन्त्र विदेश नीतिको मर्मलाई कायम राख्दै क्षेत्रीय शान्ति र सहयोगमा सकारात्मक भूमिका खेल्न सक्ने बताए। यसका लागि राजनीतिक एकताबाटै सुस्पष्ट नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

विदेश नीतिका विश्लेषकहरूले पनि नेपालले गुटनिरपेक्षताको परम्परागत नीतिलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन्। भारत-पाकिस्तान जस्ता जटिल विषयमा तटस्थता नै नेपालको हितसंरक्षणको मूल आधार हो भन्ने उनीहरूको मत रहेको छ।

शेर्पालीको यो आह्वान सरकारले विदेश नीतिको पुनरावलोकन गर्ने मागहरूसँग मेल खाने देखिन्छ। नेपालले कुनै पनि अन्तर्राष्ट्रिय विवादमा तटस्थ रही आफ्नो भूमिका निभाउन सकून् भन्ने उद्देश्यले यस्तो नीतिगत स्पष्टताको आवश्यकता रहेको विशेषज्ञहरूले बताउँदै आएका छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here