Home मुख्य भारत-पाकिस्तान तनावमा नेपाल सरकारको चिन्ता: आतंकवाद विरोधी स्थिति र शान्तिको आह्वान

भारत-पाकिस्तान तनावमा नेपाल सरकारको चिन्ता: आतंकवाद विरोधी स्थिति र शान्तिको आह्वान

409
0

काठमाडौं वैशाख २६ ! भारत-पाकिस्तानबीच बढ्दो तनावका बीच नेपाल सरकारले आधिकारिक प्रतिक्रिया व्यक्त गर्दै आतंकवाद विरोधी स्थिति र क्षेत्रीय शान्तिको आवश्यकतामा जोड दिएको छ। विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालले पहलगाम आतंकी घटनासहित हालका घटनाक्रममा गम्भीर चिन्ता व्यक्त गरेको छ।

नेपाल सरकारले यसरी तीन मुख्य बुँदामा आफ्नो धारणा राखेको छ:

१. पहलगाम आतंकी घटनामा नेपाली नागरिकको मृत्युले गर्दा चिन्ता:

वक्तव्यमा भनिएको छ, पहलगाममा एक नेपाली लगायत निर्दोष पर्यटकहरूको ज्यान लिने आतंकी घटना पछि बढ्दो तनावले नेपाल सरकार गहिरो तवरले चिन्तित छ। यस दुखद घडीमा नेपाल र भारत एकताबद्ध भएर उभिएका थिए।

२. आतंकवाद विरुद्ध स्पष्ट नीति

नेपालले आफ्नो स्थापित नीतिको पुनरावलोकन गर्दै घोषणा गरेको छ, नेपाल कुनै पनि प्रकारको आतंकवादी गतिविधिको विरोधमा सदैव रहँदै आएको छ। नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी विरुद्ध प्रयोग हुन दिने छैन।

३. क्षेत्रीय शान्तिको अपील:

तनाव कम गरी स्थायी समाधानको आवश्यकता रेखाङ्कित गर्दै सरकारले भनेको छ, नेपाल यस क्षेत्रमा तनाव शैथिल्य भएर शान्ति र स्थायित्व कायम होस् भन्ने आशा गर्दछ।

यसबीच, नेपालले असंलग्न र सन्तुलित विदेश नीतिका आधारमा दुवै पक्षसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र कुनै पनि विवादमा तटस्थ भूमिका निभाउने स्पष्ट पारेको छ। 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here