Home मुख्य असार १५ मा राष्ट्रपति पौडेलको शीतल निवासमै धान रोपाइँ

असार १५ मा राष्ट्रपति पौडेलको शीतल निवासमै धान रोपाइँ

209
0

काठमाडौं, असार १५ ! असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवास परिसरमा आयोजित विशेष रोपाइँ कार्यक्रममा सहभागी भएर परम्परागत कृषि संस्कृति प्रति सम्मान व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाली जनजीवनसँग गहिरो सम्बन्ध राख्ने धान खेती र कृषकहरूको योगदानलाई स्मरण गर्दै रोपाइँ कार्यक्रममा सहभागी भएको जनाएका छन् । शीतल निवासमै आयोजित कार्यक्रममा राष्ट्रपति आफैंले कोदालोले  खेतमा सम्याउँदै  रोपेका दृश्यहरू सार्वजनिक भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार उनले “कृषकहरूको श्रम र भूमिको महत्व” बारेमा सन्देश दिँदै सबैलाई कृषि क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्न आग्रह गरेका थिए।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी, कृषक प्रतिनिधिहरू, सांस्कृतिक कलाकारहरू तथा विद्यार्थीहरूको पनि उपस्थिति थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here