Home राजनीति काठमाडौं महानगरभित्र अध्ययन गर्न चाहने SEE उत्तीर्ण विद्यार्थीका लागि छात्रवृत्ति अवसर, अनलाइन...

काठमाडौं महानगरभित्र अध्ययन गर्न चाहने SEE उत्तीर्ण विद्यार्थीका लागि छात्रवृत्ति अवसर, अनलाइन आवेदन खुल्यो

297
0

काठमाडौं, असार १८ ! काठमाडौं महानगरपालिकाले एसईई (SEE) परीक्षा उत्तीर्ण गरी काठमाडौं महानगरभित्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको आवेदन खुला गरेको छ। इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

महत्वपूर्ण मिति र विवरण:

आवेदन खुल्ने मिति: २०८२ असार १८ गतेदेखि

आवेदन बन्द हुने मिति: २०८२ असार २७ गते, राति ११:४५ बजेसम्म

 

छात्रवृत्ति परीक्षा मिति: २०८२ साउन ३ गते, बिहान ८:०० बजे देखि १०:०० बजेसम्म

परीक्षा विषयवस्तु: कक्षा १० को पाठ्यक्रममा आधारित १०० अंकको वस्तुगत (MCQ) बहुविकल्पीय प्रश्नहरू

अनलाइन आवेदन अनिवार्य:

विद्यार्थीहरूले अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिनको लागि काठमाडौं महानगरपालिकाको निम्न वेबसाइट प्रयोग गर्न सकिन्छ: 🔗 entrance.kathmandu.gov.np

यो छात्रवृत्ति कार्यक्रम आर्थिक रूपमा कमजोर, प्रतिभावान विद्यार्थीहरूलाई प्रोत्साहित गर्न र काठमाडौं महानगरभित्र गुणस्तरीय शिक्षामा पहुँच बढाउन ल्याइएको हो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here