काठमाडौं असार १९ ! एएफसी महिला एसियन कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० गोलले पराजित गर्दै शानदार जित हासिल गरेको छ।
नेपालको यो जित ऐतिहासिक मात्र होइन, बलियो टोलीको परिचायक पनि बनेको छ। खेलभरि आक्रामक प्रदर्शन गरेका नेपाली खेलाडीहरूले श्रीलंकालाई कुनै पनि मौका नदिँदै क्लीनसिट जित दर्ता गरेका हुन्।
यो जितसँगै नेपाल समूह चरणको शीर्ष स्थानमा उक्लिएको छ र आगामी चरणतर्फ मजबुत ढंगले अग्रसर भएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमको उत्कृष्ट प्रदर्शनप्रति देशभरबाट बधाई तथा शुभकामनाहरू प्राप्त भइरहेका छन्।
सम्पूर्ण टिमलाई हार्दिक बधाई! 🇳🇵
नेपाल महिला फुटबल टिमको यो उत्कृष्ठ प्रदर्शनले आगामी खेलमा अझ ठूलो सम्भावनाको संकेत गरेको छ।











