Home मुख्य अछामको मुजाबगरमा पहिरो, नेपाल प्रहरी र स्थानीय मिलेर सडक खुलाउने प्रयास

अछामको मुजाबगरमा पहिरो, नेपाल प्रहरी र स्थानीय मिलेर सडक खुलाउने प्रयास

187
0

अछाम असार  २० ! अविरल वर्षाका कारण अछाम जिल्लाको रामारोशन गाउँपालिका–२ स्थित मुजाबगरको जयगढ–शान्तडा भित्री कच्ची सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

घटनापछि नेपाल प्रहरीले स्थानीय बासिन्दाहरूको सहयोगमा पहिरो हटाउने र सडक सुचारु गर्ने कार्यमा सक्रियताका साथ जुटेको छ। अहिले खाल्डाखुल्डी र चिप्लो सडकका कारण उद्धार र खुलाउने कार्यमा केही कठिनाइ भए पनि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा उक्त क्षेत्रका बासिन्दाहरूलाई दैनिक ओहोरदोहोर र आपतकालीन सेवामा समस्या परेको छ।

स्थानीय निकायले समयमै सूचना प्रवाह गर्दै नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

#NepalPolice #नेपालप्रहरी #BelieveInService #AchhamFloodAlert

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here