एजेन्सी असार २२ ! केही हप्ताअघि मात्र राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध चिसिएको चर्चा भइरहँदा, अर्बपति उद्यमी एलन मस्कले नयाँ राजनीतिक दल गठन गरेका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) मार्फत ‘अमेरिका पार्टी’ स्थापनाको औपचारिक घोषणा गरेका हुन्।
उनको यो कदमले अमेरिका भरि जरा गाडेर बसेका द्विदलीय राजनीतिक संरचना— रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरूमा नयाँ चुनौती प्रस्तुत गर्ने देखिन्छ। मस्कले पार्टी स्थापनाको घोषणा गर्दै लेखेका छन्, “अब समय आएको छ—अमेरिकालाई भविष्यतर्फ डोर्याउने नयाँ सोच र नेतृत्वको।”
राजनीतिक विश्लेषकहरूका अनुसार, यो नयाँ दलले स्वतन्त्र मतदाताहरू, युवा पुस्ता र वर्तमान राजनीतिक प्रणालीबाट असन्तुष्ट नागरिकहरूलाई लक्षित गर्न सक्छ।
यद्यपि मस्कको ‘अमेरिका पार्टी’ले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने हो वा होइन भन्ने विषयमा उनले विस्तृत खुलासा गरेका छैनन्।










