Home समाचार टियु मैदानमा प्याराफिटमा कुर्सी जडान कार्य सुरु

टियु मैदानमा प्याराफिटमा कुर्सी जडान कार्य सुरु

285
0

कीर्तिपुर, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्याराफिटमा कुर्सी जडानको काम सुरु गरिएको छ। नेपाली क्रिकेटको विकाससँगै बढ्दो दर्शक संख्यालाई मध्यनजर गर्दै कुर्सी जडान कार्य अगाडि बढाइएको हो।

नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा भइरहेको यो कामले मैदानको सौन्दर्य बढाउनुका साथै दर्शकहरूको बस्न सहज वातावरण तयार गर्ने विश्वास लिइएको छ। प्रारम्भिक चरणमा पूर्व र पश्चिम प्याराफिटमा कुर्सी राख्ने कार्य भइरहेको बताइएको छ।

कुर्सी जडानसँगै टियु मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप परिष्कृत हुँदै गएको छ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई ध्यानमा राखेर स्तरीय पूर्वाधार विकास गरिँदैछ।

क्रिकेटप्रेमीहरूका लागि यो खुशीको खबर हो, किनभने अब उनीहरूले खेल हेर्दा बढी सुविधा र आराम पाउनेछन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here