Home मुख्य भोजपुरको हेलौंछामा पारिवारिक हत्याकाण्ड : आरोपीले आफैंले दिए प्रहरीलाई खबर

भोजपुरको हेलौंछामा पारिवारिक हत्याकाण्ड : आरोपीले आफैंले दिए प्रहरीलाई खबर

208
0

भोजपुर, असार २२ ! भोजपुर नगरपालिका–२ हेलौंछामा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ। सासू, ससुरा, पत्नी र सालोको छुरा प्रहार गरी हत्या गरेको आरोप ३० वर्षीय राजेन्द्र राईमाथि लागेको छ।

शनिवार राति घटेको यो दर्दनाक घटनापछि आफैंले प्रहरी कन्ट्रोलमा फोन गरी “मैले चार जनाको हत्या गरेँ, मलाई पक्रिन आउनुहोस्” भन्दै आत्मसमर्पण शैलीमा खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राईले राति ११ बजेतिर हत्या गरेर १ बजेतिर प्रहरीलाई फोन गरेका थिए।

मृतकहरू :

६८ वर्षीय बेलबहादुर गिरी (ससुरा)

४५ वर्षीया मञ्जु गिरी (सासू)

मनिषा गिरी (पत्नी)

सपन गिरी (सालो)

चारै जनाको छुरा रोपेर अत्यन्तै निर्ममतापूर्वक हत्या गरिएको प्रहरीले जनाएको छ।

आरोपीको बयान अनुसार घटनाको विवरणः

राजेन्द्र राईका अनुसार सबै जना खाना खाएर सुतिरहेका बेला सल्याङ–बल्याङ आवाजले उनी ब्युँझिए। त्यसपछि सासूले पेटमा छुरा प्रहार गरेको दाबी उनले गरेका छन्। आफू बच्न प्रयास गर्दा छुरा खोसी एकपछि अर्को गर्दै सबैजनामाथि आक्रमण गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन्।

घटनापछि प्रहरी टोली तत्काल घटनास्थल पुग्दा चारै जनाको शव घरमै फेला परेको थियो। आरोपी राईलाई घटनास्थलदेखि झण्डै ५ किलोमिटर टाढाको हर्बु भञ्ज्याङबाट घाइते अवस्थामा पक्राउ गरिएको छ। उनको पेटमा चोट देखिएकोले थप उपचारका लागि धरान रेफर गरिएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटना पारिवारिक विवादबाट उत्पन्न भएको आशंका गरिएको छ।

यो घटना केवल एउटा पारिवारिक झगडाको परिणाम मात्र नभई, समग्रमा मानसिक स्वास्थ्य, घरेलु हिंसा र सम्बन्ध व्यवस्थापनको गहिरो संकट पनि देखाउने चिन्ताजनक संकेत हो।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here