काठमाडौं । करिब दुई दशकदेखि नेपाली बजारमा उच्चस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको अमुदी फुड्स लिमिटेडले अब छिट्टै U-n-Me ब्रान्डका खाद्य मसला सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले गुणस्तर, स्वास्थ्य र उपभोक्ता विश्वासलाई मुख्य आधार बनाउँदै नयाँ उत्पादन श्रृंखला विस्तार गर्न लागेको हो।
अमुदी फुड्स लिमिटेडका कार्यकारी अध्यक्ष अच्युत बस्नेतका अनुसार आगामी U-n-Me मसला श्रृंखला स्वाद, स्वच्छता र जनस्वास्थ्यका मापदण्डमा पूर्ण प्रतिबद्ध रहनेछ। उनका अनुसार उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ सकेसम्म स्थानीय किसानमैत्री बनाइने छ। “हामीले मसला उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी किसानबाट नै जुटाउनेछौं, जसले उनीहरूको आयवृद्धिमा सहयोग पुर्याउनुका साथै देशकै कृषि उत्पादनलाई प्रवर्द्धन गर्नेछ,” बस्नेतले बताए।
हालसम्म U-n-Me ब्रान्डका स्न्याक्सहरू प्राकृतिक स्वाद र स्वच्छताको कारण उपभोक्तामाझ विश्वसनीय ब्रान्डका रूपमा स्थापित भएका छन्। यही निरन्तरता नयाँ मसला उत्पादनहरूमा पनि कायम रहने कंपनीको विश्वास छ।
अमुदी फुड्सको अपेक्षा छ कि U-n-Me ब्रान्डका मसला उत्पादने पनि स्न्याक्सहरूझैँ बजारमा लोकप्रिय भई उपभोक्ताको पहिलो रोजाइ बन्न सफल हुनेछ।










