Home मुख्य यसरी जाग्दैछ वाईसीएल “सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने नारा भाइरल

यसरी जाग्दैछ वाईसीएल “सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने नारा भाइरल

243
0

काठमाडौँ भदौ ९ !  नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले आज राजधानीमा दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १५ बुँदे समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै “सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने मूल नारा सहित तीनमहिने संगठन बिस्तार अभियान तय गरेको छ l उक्त अभियान अहिले भाइरल भएको छ l वाइसिएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले जनताको भरोसा योग्य संगठन बनाउन युवाहरु केन्द्रित भएर आर्थिक, सामाजिक, संस्कृतिक तथा राजनीतिक बैचारिक दृस्टी मार्फत समाज र राज्य निर्माण गर्न युवा लाम्बद्दा हुनुपर्ने बताए l

वाइसिएल नेपालले  अब महंगी,भरस्टाचार, दलालिकरण र चरम श्रम शोषणको बिरुद्द धावा बोल्ने प्रण गर्ने बताएको छ l श्रम र उत्पादनमा वाइसिएल भन्ने  नारा सहित युवाहरुलाई उद्यमशिल बनाउन एक पालिका १०० जना युवा जोडिने कार्यक्रम सहित राष्ट्रिय श्रम सहकारी गठन गरि उत्पादन, ब्यबस्थापन र बजारीकरण गर्ने योजना रहेको वाइसिएलले बताएको छ l

साथै नेपालको भू-भाग समेटिएको नक्सा भारतीय दुतावास लगायतमा नराखिएको, चिन र भारत सिमा क्षेत्रमा अतिक्रमण बढेको भन्दै सिमा अध्ययन कार्यदल बनाई त्यसको अध्ययन गर्ने र देशको भूमि रक्षाको निम्ति शंघर्षका कार्यक्रम संचालन गर्ने प्रतिबद्दता व्यक्त गरिएको छ l

विभेद पूर्ण असमान सन्धि सन् १९५० , बिप्पा, SPP, MCC लगायतका सम्झौता राष्ट्र हित बिरुद्द भएको नभएको अध्ययन गरी देशको हित बिरुद्द भए तेस्को बिरुद्द खारेजीको माग गरि संघर्षका कार्यक्रम ल्याउने वाईसीएलले जनाएको छ l

बिस्तृत शान्ति सम्झौताको मर्म अनुरुप सत्यनिरुपण तथा मेलमिलापको कार्य सिघ्र अगाडी बढाउन समेत माग गरेको छ l

कार्यक्रममा अध्यक्ष सेर्पालीले आफ्नो नेतृत्वमा सहिद परिवारसंग भेटघाट तथा सम्मान कार्यक्रम र कार्यकर्ता संरक्षण अक्षय कोष निर्माण गरिने कुरा समेत जानकारी दिए l साथै विदेश पलायन रोक्न युवा मैत्री कार्यक्रमहरु संचालन गर्ने योजनाहरु निर्माण गर्न सक्रिय रहने प्रतिबद्दता व्यक्त गरेका थिए l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here