Home मुख्य नेपाल प्रहरीको ३१ औं आईजिपीमा थापा नियुक्त

नेपाल प्रहरीको ३१ औं आईजिपीमा थापा नियुक्त

292
0

काठमाडौं ! नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ।

नयाँ आईजीपीका रूपमा थापा नियुक्त भएसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन आएको छ। यसअघि उक्त जिम्मेवारी वसन्त कुँवरले सम्हालिरहेका थिए। कुँवर २०७९ साल चैत २२ गतेदेखि नेपाल प्रहरीको ३०औं आईजीपीका रूपमा कार्यरत थिए।

दीपक थापाले २०५२ साल भदौ ११ गते प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा सेवा यात्रा सुरू गरेका हुन्। आफ्नो करियरमा उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जस्ता महत्त्वपूर्ण निकायहरूको नेतृत्व गरिसकेका छन्।

थापाको कार्यकाल २०८२ साल भदौ ११ गतेसम्म रहनेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here