Home मुख्य प्रधानमन्त्री ओली ‘विकासको लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान

प्रधानमन्त्री ओली ‘विकासको लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान

311
0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिया शहरमा हुने ‘विकासको लागि वित्त (Financing for Development)’ शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज स्पेन प्रस्थान गरेका छन्। २१ जनाको जम्बो टोली सहित स्पेन प्रस्थान गरेका हुन्।

प्रत्येक दशकमा एकपटक आयोजना हुने उक्त सम्मेलनमा विश्वका विभिन्न देशका राष्ट्र–नेता, अर्थशास्त्री, नीति निर्माताहरू र विकास साझेदारहरूको सहभागिता रहनेछ। प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको पक्ष प्रस्तुत गर्नुका साथै द्विपक्षीय भेटवार्ताहरूमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here