लम्जुङ, साउन १२ ! “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अघि बढिरहेको ॐ समाज डेन्टल अस्पताल, काठमाडौंले लम्जुङको दोर्दी गाउँपालिकामा सम्पन्न चार दिने निःशुल्क दन्त स्वास्थ्य शिविरमा ४७० जना स्थानीयलाई सेवा प्रदान गरेको छ।
२०७८ साल साउन ७ देखि १० गतेसम्म दोर्दी गाउँपालिकाको आयोजनामा र Mutu Foundationको समन्वयमा सम्पन्न शिविरमा दैनिक ज्यालादारी मजदुर, कृषक, महिला, बालबालिका र वृद्धवृद्धाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविर दोर्दी गाउँपालिका–४, नौथर–सेरा क्षेत्रमा सञ्चालन गरिएको थियो।
प्रदान गरिएका प्रमुख सेवाहरू:
सामान्य दन्त परीक्षण
सिमेन्ट फिलिङ
स्थानीय एनेस्थेसियासहित दाँत झिक्ने सेवा
निःशुल्क औषधि वितरण
स्केलिङ/दाँत सफा
मुख स्वास्थ्य तथा गिजा परीक्षण
स्वास्थ्य सेवामा खटिएका चिकित्सा टोली:
डा. हरि शंकर याद
डा. गौरी श्रेष्ठ
डा. सुदेशा अधिकारी
डेन्टल सहायक: जुनु पण्डित, सुजाता राई, अबिना दवासी
शिविरमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई अन्तिम दिन प्रमाणपत्र र मायाको चिनो प्रदान गर्दै भावुक बिदाइ गरिएको थियो।
सेवाको संक्षिप्त विवरण:
सेवा लिएका बिरामी: ४७० जना
दाँत झिकिएका: २१० जना
फिलिङ गरिएको: ९० जना
स्केलिङ/दाँत सफा: १०९ जना
अस्पतालकी प्रचार विभाग प्रमुख श्रीजु अधिकारी भन्छिन्:
> “नेपालमा दन्त अस्पताल धेरै छन्, तर सेवा भावले काम गर्ने संस्था भनेको ॐ समाज डेन्टल हो। हामी काठमाडौंबाट यहाँसम्म आएर सेवा दियौं, गर्व लाग्छ।”
पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाका अनुसार,
> “मैले मात्र गएको वर्ष ॐ समाज डेन्टलसँग ७९ वटा शिविर सञ्चालन गरिसकेको छु। अब २०८२/८३ मा १०० भन्दा बढी शिविर गर्ने लक्ष्य लिएको छौं, जसले तराई, पहाड र हिमाल समेट्नेछ।”
हालै पशुपतिनाथ परिसरमा सञ्चालन भइरहेको महायज्ञमा समेत अस्पतालले दैनिक निःशुल्क दन्त शिविर सञ्चालन गरिरहेको छ। चोक–चोकदेखि मन्दिर, दुर्गम गाउँदेखि शहरका विद्यालयसम्म सेवा पुर्याउँदै आएको ॐ समाज डेन्टल अस्पताल सामाजिक उत्तरदायित्वका दृष्टिले देशकै अग्रणी दन्त स्वास्थ्य संस्थाका रूपमा स्थापित बन्दै गएको छ।
> “जसको दाँत सबल, उसको जीवन सफल” —
यो नाराले आज स्वास्थ्य मात्र होइन, मुस्कान फर्काउने सामाजिक अभियानका रूपमा देशभरि ‘सडकदेखि सदनसम्म’ फैलिँदो विश्वास जित्दैछ।










