Home मुख्य NEPSE Index बुधबार २८ सय अंक नाघ्दै २८०२ बिन्दुमा

NEPSE Index बुधबार २८ सय अंक नाघ्दै २८०२ बिन्दुमा

100
0

काठमाडौँ । नेपाली सेयर बजारमा आज उत्साहजनक वृद्धि देखिएको छ। NEPSE Index बुधबार २८ सय अंक नाघ्दै २८०२ अंकमा बन्द भएको छ।

अघिल्लो दिन २.६१ अंकले घटेको बजार आज भने ४५.१२ अंकले उकालो लागेको हो। विशेष कुरा, बन्द हुँदाको २८०२ अंक नै आजको कारोबार अवधिभरकै अधिकतम बिन्दु रहेको छ।

बजारमा आएको यो उछालले लगानीकर्तामा सकारात्मक संकेत देखिएको छ भने आगामी दिनमा पनि बजारको दिशा कस्तो रहने भन्ने चासो बढेको छ।

टेक्निकल एनलाइसिसको EMA200 लाई आधार लिएर बजार अगाडी बढेको देखिन्छ l यसरी हेर्दा बुलिस सेन्टिमेन्ट निरन्तर हुने अनुमान गर्न सकिने लागनिकर्ता आशिष पाण्डेले जनाएका छन् l उनका अनुसार कारोबारले पनि बुलिस ट्रेन्डलाइ साथ दिएको छ l अघिल्लो दिन ६ अर्ब ७३ करोडको कारोबार भएकोमा कारोबार घटेको थियो भने आज बजार बढ्दा ८ अर्ब ३१ करोडको कारोबार आएको छ l यसले समग्रमा सकारात्मक प्रभाब पर्ने देखिन्छ l

#ShareMarketNepal
#NEPSE
#StockMarket
#NepalStockExchange
#InvestInNepal
#StockTrading
#ShareBajar
#FinanceNepal
#MarketUpdate
#InvestmentTips

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here