Home मुख्य माओबादी केन्द्र भित्रै भएका अधिकांश नेताको मौनता बारे वाईसिएल अध्यक्ष सुबोधराज श्रीपालीको...

माओबादी केन्द्र भित्रै भएका अधिकांश नेताको मौनता बारे वाईसिएल अध्यक्ष सुबोधराज श्रीपालीको कडा प्रश्न

32
0
Google search engine

काठमाडौं फाल्गुन २६! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्द सर्वोच्च अदालतमा पेस भएको जनयुद्ध कालीन मुद्दाको पेसि आज तोकिएको छ उक्त मुद्दाको बिरुद्ध माओवादीका अधिकाँस घटकहरू एकजुट भइरहँदा, बोलिरहँदा माओबादी केन्द्र भित्रै भएका अधिकांश नेताको मौनता बारे वाईसिएल अध्यक्ष सुबोधराज श्रीपालीले प्रश्न उठाउनु भएको छ। जनयुद्धकालीन मुद्दाको न्याय निरुपण सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने शान्ति सम्झौतामा उल्लेखित भएको हुँदा सोही बमोजिम हुनुपर्ने माग गर्दै वाईसिएलले विभिन्न जिल्ला मार्फत ज्ञापन पत्र बुझाएको थियो।
यसै क्रममा अध्यक्ष श्रीपालीले आफ्नै नेताहरु खुलेर बोल्न नसकेको प्रति आक्रोश व्यक्त गर्नु भएको हो । पार्टीका नेताहरुलाई प्रश्न गर्दै उहाँले “पार्टीभित्र र बाहिर आक्रमण र रक्षा दुबै प्रचण्ड एक्लैले गर्ने हुन ? वा अरु पुस्ता पनि जिबीत छ ? आजभोलि यी प्रश्नले बेस्सरी हल्लाएको बताउनु भयो।

पद प्राप्ति लोभलालच बिलासीता आफ्ना पराइको हिसाब मात्र कमरेडहरूको भुमिका होकि संकटको बेला नेतृत्व वरिपरि गोलबन्द हुने बिषय मुख्य हो भन्दै उहाँले यहाँ केही नेताहरुको कुरा होइन माओवादीको पदाधिकारी, स्थायी कमिटी अनि ५८२ सदस्यीय केन्द्रीय कमिटी किन चुपचाप छ ? किन बोल्दैन कोहि ? कुन शक्तिले रोकेको छ ? सर्बोच्चको मुद्दा सर्बोच्च कमाण्डर प्रचण्डलाई मात्र होकि जनयुद्ध लडेका सबैलाई हो ? यति गम्भीर सवालमा किन हराउँदै छन आशा गरेका अनुहारहरू? हामी सबैले गम्भीर भएर सोच्न बुझ्न अनि लड्न जरुरी छ ।

यो षड्यन्त्र माओवादी जनयुद्ध शान्ति प्रक्रिया अनि सिंगो उपलब्धि विरुद्धको हो । त्यसो हो भने किन मौन होत कमरेड ? अलिकति अप्ठ्यारोलाग्दैन यतिका हुँदा समेत तपाइँ बेखबर गुमनाम हुँदा ? चाहिदा पार्टी साथी अनि नचाहिदा भुमिगत ? यो पटक्कै भएन । परिवर्तनको रक्षा र महान जनयुद्धको गौरवपुर्ण इतिहासको सम्मानको लागि म लड्नुपर्छ, तपाईं जाग्नुपर्छ, हामी सबै माओवादी एक भएर देशी बिदेशी प्रतिक्रियावादी र साम्राज्यवादी षड्यन्त्र विरुद्ध आगो बन्नुपर्छ । त्यसैले समिक्षा पछि गरौंला अहिलेलडाइ जित्नुछ । कदम रोकेर होइन आम जनतालाई साथमा लिएर बरु अर्को बिद्रोहको लागि तयार हुने तर नझुक्ने नचुक्ने यात्रामा जुटौं । तर मौन रहन भुमिगत बन्न थाहा पाएर अन्जान बन्ने छुट तिमिलाई हामी कसैलाई छैन ।
एउटा पार्टी पार्टी ८ घटकमा बिभाजन भैसक्दा पनि एमालेमा रहेका बाहेक अझै सबै अटनुपर्ने एक रहिराखेका दलहरुको केन्द्रिय संरचना भन्दा अनुहार हेरेरै उनलाई तिनलाई अटाउनकै लागि दुई डिजिटको होइन तीन अनि चार डिजिट सम्म पनि कोहि मान्छे नअटाउने अपुग हुने ठुला किसिमको बहुरुपी संरचन खारेज गरौं । पार्टी सदस्यदेखि हाल केन्द्रिय नेता सबैलाई एउटै सांगठनिक अनुशासनमा परिचालन गरौं । दुई डिजिटको केन्द्रीय समिती र कम्युनिस्ट पार्टीको परम्परा अनुसार एकल नेतृत्व वरिपरि फलामे पर्खाल बनेर माओवादी धार तेज बनाउ । यसैमा हामी सबैको भलो र भविष्य छ । भन्दै केन्द्रिकृत नेतृत्व चुस्त कमिटी अबको माओवादी बाटो हुनुपर्ने माग गर्नु भएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here