Home अर्थ बजार नेप्से परिसूचक २८०० विन्दु माथी कारोबार रकम पनि उत्साहजनक ।

नेप्से परिसूचक २८०० विन्दु माथी कारोबार रकम पनि उत्साहजनक ।

135
0

भरत न्यौपाने

काठमाण्डौ मंग्सिर 1 ! बुधबार नेप्से परिसूचक १६.९५ विन्दुले बढेर २८०१.५२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ विन्दुले बढेको छ। कारोबार रकम साढे सात नजिक ७.३७९ अर्ब पुगेको छ  आज २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लाे दिनको तुलनामा कारोबार रकम निकै बढेको छ। कारोबार रकम ७.३७९ अर्ब पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै ५.२९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि २.२४ प्रतिशतले बढेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here