Home अर्थ बजार जनार्दन शर्माको बोल्ट निर्देशन जनयुद्धको घाइते तथा सहिद परिवारलाई मासिक ३ हजार...

जनार्दन शर्माको बोल्ट निर्देशन जनयुद्धको घाइते तथा सहिद परिवारलाई मासिक ३ हजार भत्ता दिनु

255
0

भदाै २८ काठमाडौं ! माओवादी आन्दोलन अर्थात जनयुद्ध र जनआन्दोलन, मधेश आन्दोलनका सहिद, घाइते तथा बेपत्ता परिवारलाई मासिक तीन हजार दिन अर्थमन्त्री जनार्दन शर्माले बोल्ट निर्देशन दिनुभएको छ ।

गठबन्धन सरकारको सहमति अनुरुप उक्त निर्णय गरिएको अर्थमन्त्रालयले जनाएको छ। माओवादी आन्दोलनको क्रममा पार्टीले नहेरेको भन्ने आरोप लाग्दै आएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले खिशीटिउरी गर्ने गरेका थिए। यो सँगै देशको लागी जीवन नै आहुती दिन तयार हजारौं माओवादी लडाकु परिवारलाई राहत मिलेको छ।

रकम थोरै होला भलै केही राहत पक्कै हुन्छ। शर्माले  कार्यकर्ता तथा माओवादी शुभचिन्तहरुलाई खुशी पार्नुभएको छ । निति तथा कार्यक्रम र बजेटमा पहिले नै समावेश गरिएकाे विषयलाई कार्यान्वयको लागी परीपत्र गरिएकाे हाे । वेदना र पिडामा छटपटाईरहेका गरिव श्रमजीवी कार्यकर्ता उपचार नपाएर वञ्चित हुनु परेको थियो ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पहिले ऊर्जा क्षेत्रमा लोड सेडिङ मुक्त पारी उज्यालो अभियानको थालनी गर्नुभएको थियो । अहिले कोभिडले थला पारेको अर्थतन्त्रलाई बलियो र आत्मनिर्भरता तर्फ लैजाने निर्णयहरु गरी निर्यात अर्थ व्यवस्थाको आधार तयार पार्न डटेर लाग्नुभएको छ ।

निमुखा जनताको प्रतिनिधी जनताकाे पक्षमा निर्णय गर्ने र बोल्ने साहसी पात्र को रूपमा पनि परिचित हुनुभएको छ । यस सँगै नेकपा माओवादी केन्द्र मा खुशीयाली छाएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here