Home मुख्य राष्ट्रिय बिज्ञान दिवसको अवसरमा प्रचण्डको मोवाइल एप उद्घाटन

राष्ट्रिय बिज्ञान दिवसको अवसरमा प्रचण्डको मोवाइल एप उद्घाटन

133
0

असोज १ काठमाडौँ ! नेकपा (माओवादी केन्द्र)ले  राष्ट्रिय बिज्ञान दिवसको अवसरमा प्रचण्डको मोवाइल एप उद्घाटन गरेको छ l माओबादी केन्द्रको विज्ञान तथा प्रबिधि विभागले आयोजना गरेको कार्यक्रममा उक्त एप घोषणा गरिएको हो l

एपमा अध्यक्ष प्रचण्डको  र नेकपा माओवादी केन्द्रको  गतिविधि, सुचना, जानकारी, सामाजिक सञ्जालहरुकै मोडालिटीमा सहजरुपमा जानकारी हासिल गर्न तथा दैनिक भेटघाट लगायतका बिषयहरु आउने विज्ञान तथा प्रबिधि विभाग सचिव आरके ढुंगानाले जानकारी दिनुभयो l

कार्यक्रममा सहिद सुरेश वाग्लेको नाममा विज्ञान तथा प्रविधि पुरस्कार “विज्ञान, प्रविधि, नवप्रवर्तन र समाज रुपान्तरणमा योगदान पु¥याउने उत्कृष्टमध्येबाट विभिन्न विधामा ” प्रदान गर्ने गरी घोषणा गरिएको छ l साथै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन र खोजी तथा अनुसन्धानलाई प्राथमिकता दिन रु पाँच लाखको विभागद्धारा संचालन गर्ने गरी विज्ञान तथा प्रविधि अक्षय कोष स्थापना समेत गरिएको छ l पार्टीका युवा नेता रामदिप आचार्यद्धारा राजनीतिमा विज्ञान प्रविधिको आवश्यकतासम्बन्धी कार्यपत्र प्रस्तुति गर्नुभएको थियो l

यस्तै विज्ञान र प्रविधिको क्षेत्रमा योगदान गर्नुहुने ३ जना व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियो जसमा राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति २०७६ मस्यौदा समितिका संयोजक प्रा.डा. दिनेश भुजु, काठमाडौँ विश्वविद्यालय विज्ञान विभागका डिन प्रा.डा. जनार्दन लामिछाने, पूर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला लगायतलाई सम्मान गरिएको थियो l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here