Home समाचार वाईसिएल नेपालकाे डेङ्गु नियन्त्रण तथा चाडपर्व लक्षित कालोबजारी सचेतना कार्यक्रम सम्पन्न

वाईसिएल नेपालकाे डेङ्गु नियन्त्रण तथा चाडपर्व लक्षित कालोबजारी सचेतना कार्यक्रम सम्पन्न

271
0

काठमाडौँ असोज ९ ! नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसिएल नेपालले डेङ्गु नियन्त्रण तथा चाडपर्व लक्षित कालोबजारी गर्नेलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ । आज राजधानीको नयाँ बसपार्क स्थित बिजी मल बाट बसपार्क काउन्टरसम्म र्याली गर्दै सचेतना मुलक नाराहरूको प्रचार गरिएकाे हाे।
कार्यक्रममा वाईसिएल नेपाल उपाध्यक्ष सुबित ढुङ्गानाले डेंगु नियन्त्रण, कालोबजारी नियन्त्रण तथा दशैको बेला बाहिर जाने यात्रुहरुलाई सहज होस भन्ने हेतुले आजको सचेतना कार्यक्रम गरिएकाे जानकारी दिनुभयो। साथै उहाँले नयाँ बसपर्कबाट सुरु भएको यस किसिमको कार्यक्रम देशैभरी गरिने जानकारी दिनुभयो। उहाँले भन्नभयो डेङ्गु रोग तिब्र गतिमै फैलदै छ त्यसलाई रोक थामको निमित्त सरोकार वालाले त्यति ध्यान दिएको पाइदैन तसर्थ वाईसिएल नेपालले भ्याए र सम्भव भएसम्म डेङ्गु नियन्त्रणका निमित्त आफ्नो भुमिका अनुसार सचेतना मुलक कार्यक्रम गर्छ र गर्नुपनि पर्छ ।
अझ आगामी दिनमा पनि जनसरोकारको निम्त आफ्नो भुमिका निभाउने साथै नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै दैनिक उपभोग्य सामान अनावश्यक रुपमा केहि काला व्यापारीले मुल्यबृद्वी गर्दै छ्न तिनका विरुद वाईसिएलले खबरदारी गर्दै सचेत गराउने बताउनुभयो।


कार्यक्रम वाईसिएल नेपालका केन्द्रीय सचिव दिपक डोटेलको संयोजकत्वमा सञ्चालन भएको थियो । डोटेल सामाजिक अभियान्ता पनि हुनुहुन्छ । साथै सह-इन्चार्ज अनन्त प्रकाश श्रेष्ठ, संयोजक प्रेम चापागाईं, सहसंयोजक माधब भण्डारी लगायतको उपस्थिति रहेको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here