Home समाचार मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार घिमिरे र थापालाई

मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार घिमिरे र थापालाई

267
0

कार्तिक ६ ललितपुर ! यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकामा कार्यरत पत्रकार शिवहरि घिमिरे र देखापढी न्युज पोर्टलमा कार्यरत पत्रकार रोजिना थापालाई प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल ललितपुर, जिल्लाले शनिबार एक कार्यक्रमकाविच प्रेस सेन्टरका केन्द्रीय इन्चार्जसमेत रहेका नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु प्रसाद सापकोटा जुगलले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

दुवै जनलाई पाँच हजार एक सय रुपैयाँका दरले पुरस्कार राशि सहित सम्मानपत्र वितरण गरिएको छनौट समितिका सदस्य सचिवसमेत रहेका प्रेस सेन्टर ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल बार एसोसिएसन ललितपुरका अध्यक्षको संयोजकत्वमा गठित ३ सदस्यीय पुरस्कार छनौट समितिले दुई जनाको नाम छनौट गरेको हो ।

द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छिन् ।

प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले २०७३ सालदेखि निरन्तर रुपमा द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा पुरस्कार दिदै आइरहेको छ ।

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here