Home मुख्य शान्ति प्रकृयाको बाकी काम छिटो टुङ्गो लगाउन सरकारलाई वाईसिएलको दबाब, भोली ज्ञापनपत्र...

शान्ति प्रकृयाको बाकी काम छिटो टुङ्गो लगाउन सरकारलाई वाईसिएलको दबाब, भोली ज्ञापनपत्र बुझाउने

134
0

काठमाडौँ फाल्गुन २२! तत्कालिन सात दल र तत्कालिन विद्रोही नेकपा (माओवादी) बिच भएको शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन दबाब स्वरूप देशै भरका प्रमुख जिल्ला अधिकारी, सातै प्रदेश मुख्यमन्त्री र प्रधानमन्त्री प्रचण्डलाई मङ्गलवार ज्ञापन पत्र बुझाउने तयारी गरेको वाईसीएलले जनाएको छ।

बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति संझौताको कार्यन्वयन गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने मुद्दालाई ओझेलमा पार्न देशभित्र र बाहिरका केही तत्वहरु सक्रिय रहेको भन्दै छिटो सम्पन्न गर्न दबाब दिएको हो।

सत्यनिरुपण तथा मेलमिलाप आयोग पदाधिकारी बिहीन भएको अवस्थामा द्वन्दकालीन मुद्दा व्युउॅताउने षड्यन्त्र भईरहेको भन्दै वाईसिएल अध्यक्ष सुबोधराज श्रीपालीले यस्तो किसिमको असंवैधानिक हर्कतका विरुद्ध संगठन सचेत रहेको र शान्ति पुर्ण रुपमा खबरदारी स्वरूप ज्ञापन पत्र बुझाउन लागेको बताउनु भयो।

गणतन्त्र बिरोधीहरुको तथाकथित आन्दोलनका सन्दर्भमा संगठनको तर्फबाट ज्ञापनपत्र बुझाउने तथा सबै जिल्लामा तत्काल शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन दबाबमुलक कोणसभा गर्ने कार्यक्रम भएको वाईसिएल ले आम युवाहरूमा अपिल गरेको छ। साथै मातहतका सम्पुर्ण कमिटीहरुलाई सकृयतापुर्वक कार्यक्रम सफल बनाउन निर्देशन दिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here