Home राजनीति वाईसिएलले शुक्रवार भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा ऐक्यबद्धता कार्यक्रम गर्ने

वाईसिएलले शुक्रवार भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा ऐक्यबद्धता कार्यक्रम गर्ने

795
0

काठमाडौँ वैशाख २८ ! नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसिएल नेपालले शुक्रवार सरकारको भ्रस्टचार बिरुद्धको अभियानमा ऐक्यबद्धता र खबरदारी अभियान सञ्चालन गर्ने भएको छ ।

सम्पुर्ण मातहतका कमिटी र रास्ट्रीय युवा संघ नेपाल , तरुण दल , राप्रपा युवा संगठन , युवा संघ नेपाल “समाजवादी”, रास्वपा “रवि पार्टी “युवा तथा बिभिन्न पार्टी सम्बद्द युवाहरु “ लगायतका दलका भातृ संगठनहरुलाई समेत कार्यक्रममा सहभागी हुन आग्रह गरीएको वाईसिएल उपअध्यक्ष ज्ञान बहादुर ढुङ्गाना सुबितले जानकारी दिनुभयो। पार्टी भन्दा माथी उठेर युवाहरु भ्रष्टचार बिरुद्द निर्मम हुनुपर्ने बताउनुभयो। साथै आगामी दिनमा भ्रष्टहरुलाई कुनै पनि हालतमा ढाकछोप गर्न नहुने कुरामा युवाहरु एकजुट हुन आग्रह गर्नुभयो । आफ्नो अर्काको नभनि भ्रष्ट नेतृत्वलाई मिलेर बहिस्कार गर्नुपर्ने बताउनुभयो।
यसै गरी वाइसीएलले भोलि देशैभरी शक्ति प्रदर्शन गर्ने वाईसिएल प्रचार प्रसार विभागले सुराकी खबरलाई जानकारी दिएको छ । भ्रष्टाचारीका नाइकेहरुलाइ ठेगान नलगाए सम्म चुप नबस्ने जानकारी दिएको छ।

यसै क्रममा “दाेषि नछुटाेस , निर्दाेष नफसाेस !!
भ्रष्टाचार बिरुद्धकाे अभियान नराेकियाेस !! ”
‘ऐक्यबद्धता र खबरदारी, हाम्रो जिम्मेवारी’ !
भन्ने नारा रहेको छ।

यस्तै “भ्रष्टाचार बिरुद्धकाे अभियानमा एक्यवद्धता र खबरदारी कार्यक्रम” बैशाख २९ गते बेलुकी ५ बजे , माईतिघर मण्डलामा सहभागी बनाै” भन्ने नारा पनि तय गरिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here