Home खेलकुद सन्दिप लामिछानेको मुद्दाको आज सुनुवाई हुने

सन्दिप लामिछानेको मुद्दाको आज सुनुवाई हुने

125
0

काठमाण्डौ ! जबर्जस्ति करणीको अभियोग लागेका चर्चित क्रिकेटर सन्दिप लामिछानेको मुद्दा आइतबार सुनुवाई  हुने भएको छ  । यसअघि हेर्न नभ्याउनेमा राखेको उक्त मुद्दा आइतबार फैसला हुने भएको हो  ।

क्रिकेटर लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए  । काठमाडौं जिल्ला अदालतले  गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

यस्तै आफ्नो मागदावी बमोजिम सजाय नभएको, पीडितलाई बालिग ठहर गरी कम सजाय भएको भन्दै जिल्ला अदालतको फैसला खारेज हुनुपर्ने माग राखेर सरकारी वकिलको कार्यालयले पनि उच्च अदालत पाटनमा  पीडित बालिका रहेको दावीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी पुगेको स्रोतले बताएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here