Home समाचार पाँच दिने मल्टिमिडिया तथा मोबाईल र अनलाइन पत्रकारिता तालिम सम्पन्न

पाँच दिने मल्टिमिडिया तथा मोबाईल र अनलाइन पत्रकारिता तालिम सम्पन्न

127
0

काभ्रे ! सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा मंगलबार देखि शनिवार सम्म पाँच दिने मल्टिमिडिया तथा मोबाइल र अनलाईन पत्रकारिता तालिम  सम्पन्न भएको छ ।

मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेशका २२ जना र अनलाइन पत्रकारितामा २० जना गरी  जम्मा ४२ जना पत्रकारहरुको सहभागिता रहेको थियो। मल्टिमिडिया तथा मोबाइल पत्रकारितामा सहभागीहरुलाई प्रशिक्षक तथा  वरिष्ठ फोटो पत्रकार विकास कार्की र पत्रकार रामु सापकोटाले प्रशिक्षण दिनुभएको थियो भने अनलाइन पत्रकारिता तालिमका लागि प्रशिक्षक उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिनु भएको थियो ।

बाग्मती सञ्चार रजिस्ट्रारको कार्यालयले स्थापना देखि विभिन्न किसिमको तालिम दिँदै आएको छ । कार्यक्रमको आयोजना सञ्चार रजिस्ट्रार रेवती सापकोटाले गर्दै आउनुभएको छ ।

तालिम सञ्चालन समापन गर्ने क्रममा सञ्चार रजिष्ट्रार सापकोटाले बाग्मती प्रदेशका पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम ब्रेनमा गरेको लगानी भएको बताउनु भएको थियो। साथै तालिम पछि पत्रकारहरुको क्षमता, लेखन, सीपमा परिवर्तन हुनेमा आफु विश्वस्त भएको बताउनु भएको थियो । यसपछि सञ्चालन गरिने तालिममा एडभान्स कोर्ष हुने र त्यसको लागि अहिले तालिम लिएकालाई विशेष प्राथमिकता हुने र माथिल्लो लेबलको तालिम दिन इच्छुक रहेको बताउनुभयो।

हाल सञ्चालित तालिमबाट मल्टिमिडिया तथा मोबाईलको प्रयोग द्वारा पत्रकारिता गर्न  सकिने कुराको  स्पष्ट जानकारी गराउनु भएको थियो। फोटो, भिडियो र डकुमेन्ट्रीहरुको मोबाईलद्वारा सजिलै काट्ने डिजाइन गर्ने र आफुलाई न्यारेशन अनुसार  आवश्यक ढाल्न सकिने कुराको बारेमा अध्ययन अनुसन्धान गर्न र फोटो अनुसार कथा वस्तु कथन गर्न सकिने कुराको बारेमा जानकारी गराउनु भएको थियो।

तालिम पछि पत्रकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here