Home मुख्य छानबिन समितिको टिओआर टुंग्याउने अन्तिम जिम्मा शिर्ष नेतालाई

छानबिन समितिको टिओआर टुंग्याउने अन्तिम जिम्मा शिर्ष नेतालाई

168
0

काठमाडौं जेठ १२ ! देशै भरिको सहकारी  ठगी प्रकरणमा छानबिनका लागि गठन गरिने संसदीय समितिकाे टिओआर टुंग्याउन  बनाइएको कार्यदलले अन्तिम जिम्मा शिर्ष नेतालाई दिने निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठक उक्त निर्णय गरेको हो।

संसदीय छानबिन समितिको  टीओआर टुंगो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाएको जनाएका छन् l शनिबार बालुवाटारमा बस्ने शीर्ष नेताको बैठकले अन्तिम रुप दिने उनले जानकारी दिए ।

कार्यदलको बैठकमा आज माओवादी केन्द्रबाट  प्रमुख सचेतक हितराज पाण्डे समेत सहभागी भएका छन l उनि सहित कानुनमन्त्री पदम गिरी, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेता ज्ञानेन्द्र कार्की, एमालेका तर्फबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी छन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here