Home खेलकुद नेपालले वार्मअप म्याच क्यानाडा बिरुद्द खेल्ने

नेपालले वार्मअप म्याच क्यानाडा बिरुद्द खेल्ने

111
0

काठमाडौँ जेठ १४ ! आइसीसी टी-२० विश्वकप क्रकेट २०२४ को खेल सुरु हुनुभन्दा पहिले वार्म अप खेल आजदेखि शुरु हुदै छ । वार्मअपमा  नेपालले २ खेल खेल्नेछ भने आज नेपालले वार्मअप खेल क्यानडासँग खेल्दैछ अर्को खेल अमेरिकासँग मे ३० मा खेल्नेछ।

पहिलो वार्मअप खेल अमेरिकाको डल्लास स्थित क्रिकेट मैदानमा हुनेछ यस खेल नेपाली समय अनुसार आज सोमबार बेलुका ९: १५ बजेदेखि शुरु हुदैछ ।

नेपालले क्यानडासँग अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय एक खेल मात्र खेल खेलेको छ । जून खेल २०२२ को फेब्रुअरी २१ मा भएको थियो त्यस खेलमा नेपालले जित हात गरेको थियो ।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा रहेको छ भने क्यानडा २३औं स्थानमा रहेको छ । पछिल्लो समयमा दुवै टिमको खेल प्रदर्शन उत्तिकै राम्रो रहेको छ।

नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here