Home खेलकुद दश बर्ष पछि बंगलादेशसंग बदला लिने तयारीमा नेपाल

दश बर्ष पछि बंगलादेशसंग बदला लिने तयारीमा नेपाल

278
0

भरत न्यौपाने

काठमाडौं ! आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको ३७औं क्रीकेट खेल जुन १७ भोलि अर्थात् सोमबार बिहान ५:१५ मा नेपाल vs बंगलादेश खेल्दै छन् । दश बर्ष पछि २०१४ को बदला लिने तयारीमा नेपाल क्रिकेट जुटेको छ l

नेपाल र बंगलादेश बिचको खेल निक्कै प्रतिस्पर्धा हुने देखिएको छ। किनकी नेपालले टि २० बिश्व कप २०१४ मा बंगलादेश संग हार बेहोरेको थियो l समान ४-४ अंक थियो रङ रेटको आधारमा बंगलादेश सुपर ८ मा स्थान बनाउन सफल भएको थियो l त्यस बेला नेपालले ८ विकटले हार बेहोर्न बाध्य भएको थियो उक्त हारको बदला लिन नेपालको लागी भोलिको खेल सुनौलो अवसर हुनेछ। भोलिको खेल नेपालको लागि समूह चरणको अन्तिम खेल हुनेछ। यस खेल वेस्ट इन्डिज स्थित अर्नोस भेल स्टेडियममा हुनेछ। दुवै राष्ट्र समुह ‘डी’ मा रहेको छन्।

टि -२० बरियतामा नेपाल १७औँ र बंगलादेश ९औं स्थानमा छ । आइसीसी टी-२० विश्वकप २०२४ मा नेपालले ३ खेल खेलेको थियो जुन खेलमा नेदरल्याण्डसँग हार्न पुगेको थियो साथै दोश्रो खेल श्रीलङ्का सँग १२ तारिक मा हुने भनिएको खेल वर्षाको कारण अवरुद्ध हुँदा दुवै टीमले १-१ समान अङ्क बाँडेको थिए भने साउथ अफ्रिकासँगको खेलमा पनि हार्न पुगेको थियो। बङ्गलादेशले ३ खेल खेली २ खेलमा सहज जीत हात पारेको थियो भने साउथ अफ्रिकासँग हार्न पुगेको थियो। बंगलादेश ४ अङ्क सहित दोश्रो स्थानमा रहेको छ भने नेपाल १ अङ्क सहित चौथो स्थानमा रहेको छ।

नेपालले जीतेको खण्डमा २ अङ्क प्राप्त गरी कुल ३ अङ्क हुनेछ । नेपालले गत शनिबार साउथ अफ्रिका बिरुद्दको खेलमा १ रनले पराजय भोगेपछि सुपर एट को संभावना सकिएको छ भने यदि नेपालले खेल जितेमा पनि ग्रुप चरण देखि नै बाहिरेनेछ । बंगलादेशले भोलीको नेपाल विरुद्धको खेल जितेमा नै सुपर एट मा आफ्नो स्थान सुरक्षित गर्नेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here