Home खेलकुद आइसिसी टी २० विश्वकप क्रिकेट: भारतले अफगनिस्तान विरुद्ध ४७ रनको जित

आइसिसी टी २० विश्वकप क्रिकेट: भारतले अफगनिस्तान विरुद्ध ४७ रनको जित

267
0

एजेन्सी ! आइसिसी टी २० विश्वकप क्रिकेट: भारतले अफगनिस्तान विरुद्ध ४७ रनको जित हासिल गरेको छ। बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १८१ रन बनाएको थियो।

भारतका खेलाडी सूर्यकुमार यादवले सर्बाधिक २८ बलमा ५३ रन जोड्न सफल भएका थिए । भने हार्दिक पण्डियाले २४ बलमा ३२ रनको योगदान पुर्याउन सफल भएका थिए। रोहित शर्मा ८ रनमै आउट भएका थिए भने विराट कोहली २४ बलमा २४ रन मात्र जोड्न सके ।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले जम्मा १३४ जोड्दै आलाउट भयो। भारतीय बलारका सामु अफगानी ब्याट्सम्यान निरीह जस्तै बने ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here